काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई उद्घाटन सत्रमा बोलाएको छ । आइतबार दिउँसो ३ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको हलमा आयोजना हुने महाधिशेन उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित प्रमुख दलका अध्यक्ष र सभापतिलाई आमन्त्रण गरिएको छ। तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने सहाभागी हुने छैनन् । ओली पार्टीको काम विशेषले उपत्यका बाहिर छन्।

एमालेबाट महासचिव शंकर पोखरेलले सहभागिता जनाउने बताइएको छ ।

उद्घाटनसत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्। यस्तै महाधिवेशनमा राष्ट्रिय जनमोर्चा, नेपाल मजजुर किसान पार्टी, नेकपा माले, राप्रपालगायत पार्टीका नेतालाई अतिथिका रुपमा बोलाइएको छ।

पार्टी प्रवक्ता कृष्णबहादुर महराले विदेशी पाहुना भने महाधिवेशनमा सहभागी नहुने जानकारी दिएका छन्। माओवादी केन्द्रले विधान संशोधन गरी १५ जनाको पदाधिकारी संख्या बनाउने निर्णय गरेको छ । जसमा १ जना अध्यक्ष, १ जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहनेछन्।

 

Your Views
Related News