काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलको गठबन्धन कोहीविरुद्ध नभएको बताएका छन् ।

साथै यो गठबन्धन पूरा समय (संसदको अवधिधर ?)चल्ने बताएका उनले त्यस अगाडि पनि जाओस् भन्ने चाहेको बताए ।

आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफ्नो नेतृत्वको गठबन्धन संविधान र संसद बचाउने भएको बताए ।

‘हाम्रो खिलापमा गठबन्धन गर्‍यो भने ओलीजीहरुलाई पनि नलागोस् ।

कसैको खिलाप होइन, यो सविधानका साथसाथै संसद बचाउने गठबन्धन हो,’ उनले भने, ‘त्यसमानेमा यो गठबन्धन पूरा समयसम्म चल्नेछ । अझ म त के चाहन्छु, भने अझ अगाडि पनि जाओस् ।’

 

Your Views
Related News