काठमाडौं : नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तर्गत  बन्दसत्र सुरु भएको छ। बन्दसत्रका लागि  ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । अध्यक्षमण्डलमा  कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, , पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी, रूपा श्रेष्ठ महर्जन,पर्शुराम तामाङ र  गणेश साह  रहेका छन्।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने माओवादी केन्द्र जनाएको छ । अहिले अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन्।

बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने जनाइएको छ । राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय गरेको थियो।

त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो।  माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै नयाँ नेतृत्वका लागि १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको हो।

 

Your Views
Related News