दमास्कस : इजरायली सेनाले सिरियाको मुख्य व्यापारिक केन्द्रमा छेप्यास्त्र प्रहार गरेको छ । सेनाले छापा मार्ने क्रममा सिरियाको मुख्य व्यापारिक केन्द्र लतकिया पोर्टमा मंगलबार बिहानै छेप्यास्त्र प्रहार गरेको हो ।

इजरायली सेनाको आक्रमणबाट सो क्षेत्रमा ठुलो मात्रामा भौतिक क्षति भएको स्थानीय मिडियाले जनाएका छन् । स्थानीय मिडिया साना स्टेट न्युजका अनुसार इजरायली सेनाहरुले लतकिया पोर्ट नजिकै छेप्यास्त्र प्रहार गरेका हुन् । सो क्षेप्यास्त्र प्रहारबाट भौतिक रुपमा ठूलो क्षति पुगेको छ ।

‘दुस्मनहरुले मंगलबार बिहान ३:२१ तिर लतकिया पोर्टनजिकै रहेको कन्टेनरलाई लक्षित गरि सो क्षेप्यास्त्र प्रहार गरेका छन्,’ सिरियाली सेनाको बयान उद्धृत गर्दै साना न्युजले उल्लेख गरेको छ, ‘क्षेप्यास्त्र प्रहारबाट ठूलो मात्रामा भौतिक क्षति भएको छ ।’

स्थानीय टेलिभिजनहरुले सो विस्फोटको भिडियो फुटेजमा आगोको ज्वाला र भग्नावशेषहरु देखाएको छ । यद्यपि, इजरायली सेनाका प्रवक्ताले भने सो घटनाबारे आफूले विदेशी मिडियालाई कुनैपनि प्रतिक्रिया नदिने बताएको अलजजिरामा खबर छ ।

इजरायलले यसअघि डिसेम्बर ७ मा सोहि क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो ।

 

Your Views
Related News