काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टी अग्रस्थानमा रहेको दावी गरेका छन्। नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘हामी अरु सरकारभन्दा भिन्न हुनुपर्‍यो भनेर शेरबहादुर देउवा ज्यूलाई भनेको छु ।

देश विकासलाई प्राथमिकता दिनुपर्छ ।

म टुलुटुलु हेरेर बस्ने मान्छे होइन । समस्या छन् भने भाग्ने मान्छे पनि होइन । हाम्रो समाजलाई परिवर्तन गर्नुछ । देशलाई समाजवादउन्मुख बनाउनुछ ।’

नेता नेपालले इमान्दारिता,निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताए। ‘नत्र भने त व्यक्तिवादको सिकार भइहाल्यो,’ उनले भने।

 

Your Views
Related News