रौतहट : रौतहटमा जन्ती लिएर घर फर्किरहेका गाड़ी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । गाडीमा सवार ९ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटुको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए ।

मृतक सबै गढीमाइ नगरपालिका ३ निवासी हुन् । मृतक एक जनाको सनाखत हुन सकेको छैन ।

बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्ती गएको थियो । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो ।

गाडी तीव्र गतिका कारण बिजुलीको पोलमा ठोक्किएर सडकबाट झण्डै २० फिट तल खसेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । उनका अनुसार घाइते ४ जनाको गरुडास्थित ग्रान्डी अस्पतालमा उपचार भाइरहेको छ ।

 

Your Views
Related News