काठमाडौं : नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई मर्जर गर्ने तयारी गरेको छ । नेपाल बंगलादेश बैंक मर्जरमा जान तयार रहेको भन्दै मर्जरका लागि आवश्यक तयारी थाल्ने विषयमा नबिल बैंक सञ्चालक समितिमा छलफल भएको छ ।

नेपाल बंगलादेश बैंकमा अहिले बंगलादेशको आईसीएफसी बैंकको लगानी रहेको छ । आईसीएफसी बैंककै प्रतिनिधिको रुपमा एआरएम नाजमुस साकिद सञ्चालक समिति अध्यक्ष रहेका छन् भने अन्य २ सञ्चालकहरु पनि आईसीएफसीका प्रतिनिधि नै रहेका छन् ।

नबिल बैंक स्रोतले दिएको जानकारी अनुसार आईसीएफसीको शेयर चौधरी समूहले खरिद गर्नेछ । त्यसपछि मर्जरको प्रक्रिया अघि बढाइनेछ । शेयर खरिदका विषयमा समेत यी दुई बैंकबीच सहमति भइसकेको श्रोतले बताएको छ ।

 

Your Views
Related News