
नेकपा माओवादीको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफलपछि रिपोर्टिङ गर्ने क्रम सकिएको छ । बिहीबार १४ समूहका टोली नेताले आफ्नो रिपोर्टिङ सकेसँगै सबै २५ समूहको सकिएको हो । यसअघि बुधबार ११ समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए ।
महाधिवेशन अन्तर्गत समूहगत रिपोर्टिङ सकिएलगत्तै स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बिहीबार रिपोर्टिङ गर्ने अधिकांश टोली नेताहरुले एमसीसी खारेज गर्नुपर्ने र दस्तावेजको व्यवहारिक कार्यान्वयन हुनेमा आशंका गरेका छन् ।