सोलुखुम्बु : सडकमा जमेको बाक्लो हिउँका कारण सोलु-ओखलढुंगा सडकखण्ड तीन देखि ठप्प बनेको छ। निरन्तरको हिमपातले सोलुखुम्बुको पत्ताले र ओखलढुंगाको ठाडेको सडकमा बाक्लो हिउँ जम्दा गत बुधबार बेलुकादेखि दुई जिल्ला बीचको सडक सञ्जाल टुटेको ट्राफिक प्रहरीले जनाएको छ।

सोलुखुम्बुको पत्ताले क्षेत्रको सडकमा जमेको हिउँ जेसिबिले सोरेर आम्सिक रुपमा सडक खुलाएपनि ओखलढुंगाको ठाडे क्षेत्रको सडक पूर्ण रुपमा अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। पताले र ठाडे क्षेत्रको सडकमा करिब डेढ फिट जति हिउँ जमेको स्थानीयले बताएका

सडकमा जमेको हिउँ कतिपय ठाउँहरुमा आइस बनेकाले दुर्घटनाको जोखिम उच्च रहेको स्थानीय भाइचुङ शेर्पाले जानकारी दिए। सडक अवरुद्ध भएसँगै सोलुखुम्बुबाट काठमाडौंसहित विभिन्न स्थानहरुमा छुट्ने तथा जिल्ला भित्रिने सवारी साधनहरु अलपत्र परेका छन्। यद्यपी सडक खुलाउने प्रयास भने जारी रहेको प्रहरीले जनाएको छ।

 

Your Views
Related News