काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाउन जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

समूहगत छलफलमा उठेका प्रश्न र जिज्ञासाहरुको जवाफ दिदैँ उनले यस्तो बताएका हुन् । उनले भने, ‘ पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तोसुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

प्रचण्डले जनयुद्ध सुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो भन्दै प्रश्न गरे ।

उनले भने, ‘प्रतिवेदनमा सबै सुझाव समेट्ने पर्यत्न गर्छु । सबैको सुझाव समेटेर यो प्रतिवेदन तपाईंहरुले पाउनुहुन्छ ।’

अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज प्रस्तुत गरेका थिए ।

 

Your Views
Related News