काठमाडौं: नेकपा माओवादी केन्द्रले आठौं महाधिवेशनअन्तर्गत निर्वाचन तालिका सार्वजनिक गरिएको छ। नयाँ नेतृत्व चयनका लागि माओवादीले निर्वाचन तालिका प्रकाशन गरेको हो।

तालिकाअनुसार उम्मेदवारी दर्ताको समयावधि शनिबार राति ८ बजेदेखि साढे १० बजेसम्म तोकिएको छ। मतदान आइतबार बिहान साढे ११ बजेदेखि ४ बजेसम्म हुने तालिकामा उल्लेख छ।

माओवादीको विधानअनुसार २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने छ। सो निर्वाचित कमिटीले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने छ। १ हजार ७४२ जनाको नामावली टाँसेको छ।

 

Your Views
Related News