तानसेन : बुटवलको वुद्धनगरबाट शव बोकेको रिडी हिँडेको बस रिब्दीकोट गाउँपालिका २ लघुवामा दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ७ जना बढीको मृत्यु भएको स्थानीयले बताएका छन्।

आइतबार बिहान १० :३० बजेतिर  लु १ ख ७२७९ नम्बरको बस दुर्घटना भएको हो। केही व्यक्तिलाई बस चापेको अवस्थामा रहेको स्थानीय लघुवाका विश्व कार्कीले बताए । अहिले दुर्घटनाका घाइतेको उद्दार भइरहेको छ।

बसमा करिब ३५ जना मलामी सवार रहेको बताइएको छ । बसमा सवार करिब ६ जना गम्भीर घाइते भएका छन्। उनीहरुको उपचारका लागि तानसेन ल्याएको र बाँकीको अवस्था सामान्य रहेको छ ।

अहिले प्रहरी र स्थानीयसहितको टोलीले उद्दार गरिरहेका छन् । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको पाल्पा प्रहरीले जनाएको छ ।

 

Your Views
Related News