आबुजा : उत्तर पश्चिम नाइजेरियाको एक गाउँमा शसस्त्र डाकुँहरुको आक्रमणबाट कम्तीमा २ सयभन्दा बढी स्थानीयको मृत्यु भएको छ । उत्तर पश्चिीमी राज्य जाम्फारामा शसस्त्र डाँकुहरुले गरेको प्रतिसोधको आक्रमणमापरी सो संख्यामा स्थानीयहरुको मृत्यु भएको हो ।

सो घटना जाम्फाराका विभिन्न १० वटा गाउँमा भएको र कुर्फा दान्या गाउँ सबैभन्दाबढी प्रभावित बनेको बताइएको छ । हतियारधारी समूहविरुद्ध त्यहाँको सुरक्षाकर्मीले अपरेसन थालेको र सो अपरेसनको प्रतिसोधमा हतियारधारी डाँकुहरुको समूहले आक्रमण गरेको बताइएको छ ।

करिब ३ सयको संख्यामा गाउँ पसेका हतियारधारी समूहको आक्रमणमापरी सोमबारदेखि बिहिबार रातीसम्म सो संख्यामा गाउँलेहरु मारिएको स्थानीय अधिकारीहरुले अन्र्तराष्ट्रिय मिडियासँग बताएका छन् ।

आक्रमणमापरी मारिएकाहरुलाई सामूहिक चिहानमा गाडिएको त्यहाँका सामुदायिक नेतृत्वकर्ता बलाराबे अल्हाजीले बताएका छन् ।

सो आक्रमणमापरी मारिएकाहरुको सेनाले थप खोजी गरिरहेको बताइएको छ ।

 

Your Views
Related News