नुवाकोट, २ माघ । सरकारले सुकुम्बासी समस्या समाधानका लागि नयाँ आयोग गठन गरेको छ ।

‘राष्ट्रिय भूमि आयोग, ०७८’ को नुवाकोट अध्यक्षमा अर्जुन न्यौपाने नियुत्त भएका छन् ।

डोर टु डोर पुगेर सुकुम्बासी समस्या समाधान गर्ने भूमि आयोग नुवाकोटका अध्यक्ष न्यौपानेले बताए ।

उनले आफू राजनीतिक स्वार्थबाट माथि उठेर जनताको समस्या समाधान गर्ने पक्षमा रहेको बताएका छन् ।

नेपाल सरकारको गत बिहीबारको निर्णयले नेपाली कांग्रेस नुवाकोटका नेता तथा महासमिति सदस्य रहेका न्यौपानेलाई अध्यक्षमा नियुत्त गरिएको हो । अन्य सदस्यको नाम भने आउँन बाँकी रहेको छ ।

‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी’ लाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबास गर्दै आएकालाई व्यवस्थापनका लागि भूमिसम्बन्धी ऐनलगायतका प्रचलित कानून अनुसार काम सुरू गरिने आयोगको नुवाकोटका संयोजक न्यौपानेले जानकारी दिए।

 

Your Views
Related News