जनकपुरधाम: राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा अन्य समूहतर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी विजयी भएका छन्। पाँच दलीय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार सिद्धिकी अन्य समूह तर्फबाट विजयी भएका हुन्।

सिद्धिकीले ६ हजार ६ सय ७८ मतभार ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनका उम्मेदवार उस्मान अन्सारीले २ हजार ७ सय ६६ मतभार ल्याएका छन्।

त्यस्तै महिलातर्फ सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छन्। सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मतभार ल्याएर विजयी भएकी हुन्। एमाले-लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपाकी रुपा कुमारी यादवले ३ हजार २ सय २८ मतभारमात्रै ल्याउन सकिन्।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ। जसअनुसार स्थानीय तहका ४ हजार ८ सय २४ र प्रदेशसभाका ४ हजार ९ सय ९२ गरी कूल ९ हजार ८ सय १६ मतभार रहेको छ।

 

Your Views
Related News