काठमाडौं : नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महतलाई नियुक्त भएका छन्। सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्तामा नियुक्त गरेको कांग्रेसका मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

कांग्रेसमा १३ औं महाधिवेशनपछि विश्वप्रकाश शर्मा प्रवक्ताको जिम्मेवारीमा थिए। १४ औं महाधिवेशनबाट विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएपछि महतलाई उक्त जिम्मेवारी दिइएको हो।

प्रवक्तामा केन्द्रीय सदस्य महत, रमेश लेखक र एनपी साउदको चर्चा थियो । देउवा निकट रहेका महतले महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिएका थिए।

 

Your Views
Related News