काठमाडौँ : नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेको हो।

बसमा सवर मध्य ५५ जना घाइते भएका छन । घाइते ५५ जनाको अहिले त्रिशुली अस्पतालमा उपचार भैरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।

डा पाण्डेका अनुसार घाइते मध्ये गम्भीर अवस्थामा रहेका १० जनाको रिफर गरिएको छ । जसमध्ये दुई बिरामीलाई काठमाडौँ लैजान हेलिकप्टर बोलाउन अनुरोध गरेको डा पाण्डेले दैनिकीलाई जानकारी दिए ।

किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेर खेतमा पुगेको छ । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।

 

Your Views
Related News