विदेशमा लुकिछिपी काम गर्नका लागि नेपालीहरू पर्यटक भएर जाने क्रम बढेको भन्दै त्यसरी घुम्न जानेलाई कडिकडाउ गर्न एक सरकारी समितिले सिफारिस गरेको छ।

गृह मन्त्रालयले गठन गरेको कार्यदलले खासगरी वार्षिक कम्तीमा दश लाख रूपैयाँ कमाउने र त्यसको आधा रकम बचत गरेकालाई मात्र त्यसरी जान दिने व्यवस्था गर्न सिफारिस गरेको छ।

तर त्यसको सामाजिक सञ्जालमा भने चर्को आलोचना भइरहेका छन्।

फेसबुकमा नीति अर्याल खनालले आफू त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने र त्यहाँको तलबले त अब घुम्न जान पनि नपुग्ने भो भनेर टिप्पणी गरेकी छन्।

 

Your Views
Related News