
काठमाडौं : बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।
नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।
जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् ।
संविधानको धारा १८० को खण्ड (क) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुसार राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।
Your Views
Related News