२०७९ असार २३ गते,बिहीवार७ जुलाई २०२२।आषाढ शुक्लपक्ष अष्टमी तिथि,१४ः१६ बजेदेखि नवमी। हस्त नक्षत्र,८ः२० बजेदेखि चित्रा। चन्द्रराशि–कन्या,२०ः१६ बजेदेखि तुला। आषाढ शुक्लपक्ष (दिल्लाथ्व) सप्तमी तिथि, दिउँसो ०२:५६ बजेसम्म, त्यसपछि अष्टमी तिथि, उत्तराफाल्गुनी नक्षत्र, बिहान ०८:११ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या

राशिमा (अहोरात्र व्याप्त), वरीयान् योग, बिहान ०९:०६ बजेसम्म, त्यसपछि परिघ योग, सुरुमा वणिज करण दिउँसो ०२:५६ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि ०२:४० बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवणर् : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : वायव्य (दिउँसो ०२:५६ बजेसम्म), त्यसपछि ईशान, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : बेलुका १०:०३ बजेसम्म,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्याको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आर्थिक लाभ पनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

 

Your Views
Related News