नुवाकोट : गत स्थानिय निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेहरु लाई नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाले पालिकाका सभापति शंकर प्याकुरेलसहित एक दर्जन नेता तथा कार्यकर्ता लाई कारबाही गरेको छ ।

गाउँपालिकाका उप–सभापति कालु तामाङको नेतृत्वमा वसेको बैठकले निर्वाचनमा आफ्नो पार्टीको आधिकारी उम्मेद्धवारलाई हराउन लागेको भन्दै गाउँपालिकाका सभापति शंकर प्याकुरेल, उप–सभापति रामकुमार गिरी, सचिव शंकर शन अधिकारी र सह–सचिव प्रकाश भट्टराईलाई कारवाही गर्ने निर्णय गरेको नेपाली कांग्रेस सुर्यगढी गाउँपालिकाका सचिव वासु लम्सालले जानकारी दिए ।

                                            कारवाहीमा परेका सभापति प्याकुरेल र गिरीद्धय सुवन र दिपेन्द्र ।

यस्तै कारवाहीमा पर्ने अन्यमा तरुण दल नुवाकोटका सचिव सुवन गिरी, सुर्यगढी–काठमाण्डौ सम्पर्क समितिका सभापति दिपेन्द्र गिरी, नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य ईन्द्रप्रसाद लामिछाने, नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) सह–सचिव सचिन्द्र कुमार अधिकारी र चतुमन अधिकारी रहेका छन् ।

उनीहरुलाई कारवाहीको लागि वडाबाटै सिफारिस आएकोले कारवाहीको निर्णय गरि माथिल्लो निकायमा सिफारिस गरिएको गाउँपालिकाका उप–सभापति कालु तामाङले जानकारी दिए । साथै उनीहरुलाई कारवाही गर्ने सबैको सर्वसहमत निर्णय भएको नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेलले जानकारी दिए ।

बैठकमा सुर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तवहादुर घले, नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर १ को प्रदेश (ख) का सभापति रामजी पौडेल, महाधिवेशन प्रतिनिधि कुमार गुरुङ, शिवप्रसाद अधिकारी, सुर्यगढी गाउँपालिका वडा नम्बर २ र ४ का वडाध्यक्ष, पार्टीका विभिन्न प्रतिनिधि तथा विभिन्न भातृ संगठनका पदाधिकारीहरु मा राजु अधिकारि , सुमित भट्टराई को उपस्थित रहेको थियो ।

 

 

Your Views
Related News