नुवाकोट : नेपाली कांग्रेसका प्रवक्ता तथा पुर्वमन्त्रि डा. प्रकाशशरण महतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष चुनाव लड्ने भएका छन् ।

बिहिबार आफ्नै निवासमा नुवाकोटका पत्रकारहरुसँगको भेटघाटको क्रममा” म आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षमा लड्ने निश्चित जस्तै छ तर कुन जिल्लाको कति क्षेत्रबाट चुनाव लड्ने भन्ने विषयमा भने टुङ्गो नलागेको उनले बताए” ।

निर्वाचन आउँदै छ, तपाईँको क्षेत्र काठमाडौँको ५ नम्बर कि नुवाकोटको १ भन्ने पत्रकारको प्रश्नमा उनले सल्लाह पनि भइरहेको बताए । साथीहरूको सद्भाव रह्यो भने नुवाकोट जाने    र आफ्नो लड्ने मनसाय समेत यहि रहेको  , उनले भने ।

उनि पूर्व अर्थमन्त्री रामशरण महतका सहोदर भाइ हुन्।  दाईको स्वास्थ्यका कारण प्रत्यक्ष निर्वाचनमा नलड्ने चर्चा भएसँगै प्रवक्ता महत नुवाकोट क्षेत्र १ मा दाबेदारका रूपमा देखिएका छन् ।

नेता महतले आफुले नुवाकोट जिल्लाको लागि विकास निर्माणमा महत्वपूर्ण योगदान गरेको स्मरण गराउँदै यस पटक प्रत्यक्ष निर्वाचन जितेर बाँकी काम पूरा गर्ने  इछ्या रहेको बताए ।

 

 

Your Views
Related News