काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बैठक केहीबेर अघि सुरु भएको प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

प्रधानमन्त्री निवास बालुवाटारामा जारी बैठकमा आसन्न निर्वाचनमा तालमेल, सिटको बाँडफाँट र चुनावी रणनीतिका विषयमा छलफल हुनेछ।

सरकारले बिहीबार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेको छ।

सोही विषयमा छलफल गर्न गठबन्धनको बैठक बसेको हो। बैठकमा गठबन्धनका शीर्ष नेताहरु सहभागी छन्।

 

Your Views
Related News