सत्तारुढ दल नेपाली कांग्रेसले आगामी निर्वाचन अभियानका लागि देशभरि प्रतिनिधि खटाएको छ। पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार भदौ १० गतेदेखि हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको हो।

annapurna post

 

मंसिर ४ गते हुने संघ र प्रदेशसभा चुनावमा कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ। सोही अभियानको पहिलो चरणअन्तर्गत प्रतिनिधि खटाइएको प्रवक्ता महतले जानकारी दिए।

कांग्रेसले समानुपातिकतर्फको बन्दसूचीपछि दोस्रो चरण र प्रत्यक्षतर्फको उम्मेदवारपछि तेस्रो चरणको अभियान सञ्चालन गर्ने जनाएको छ।

सूचीअनुसार झापामा डिला संग्रौलालाई खटाइएको छ भने कांग्रेस गढ मानिने मोरङमा ज्ञानेन्द्रबहादुर कार्कीलाई खटाइएको छ।

त्यस्तै प्रदीप पौडेललाई कास्कीको जिम्मेवारी तोकेको छ भने गुरु बराललाई मनाङमा पठाइएको छ। रुपन्देहीमा योगेन्द्र चौधरीलाई पठाउँदा दाङमा बर्दियाका नेता गोपाल दहितलाई जिम्मेवारी तोकेको छ।

त्यस्ते सञ्जय गौतमलाई सुर्खेतको जिम्मेवारी दिँदा सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा ईश्वरी न्यौपानेलाई जिम्मेवरी तोकेको छ।

कुन जिल्लामा को नेता खटाइए? यस्तो छ सूची

ताप्लेजुङ्ग : आङ्गेलु शेर्पा

पाँचथर : प्रदीपकुमार सुनुवार

इलाम : महेन्द्रकुमारी लिम्बु

झापा : डिला संग्रौला

संखुवासभा : उमेशजंग रायमाझी

तेह्रथुम : लक्ष्मी परियार

भोजपुर : भीम पराजुली

धनकुटा : राजीव ढुंगाना

मोरङ : ज्ञानेन्द्रबहादुर कार्की

सुनसरी : अमृत अर्याल

सोलुखुम्बु : कल्पना चौधरी

खोटाङ : तारामान गुरुङ

ओखलढुंगा : लक्ष्मी खतिवडा

उदयपुर : बलबहादुर केसी

सप्तरी : आनन्दप्रसाद ढुंगाना

सिरहा : महेन्द्रकुमार राय

धनुषा : नगिना यादव

महोत्तरी : मञ्जु खाँण

सर्लाही : दिनेशकुमार यादव

रौतहट : अजयकुमार चौरासिया

बारा : रमेश रिजाल

पर्सा : पद्मनारायण चौधरी

दोलखा : शान्ति परियार

रामेछाप : हरिशरण नेपाली

सिन्धुली : दिलमान पाख्रिन

रसुवा : राजेन्द्र केसी

धादिङ : मदनकृष्ण श्रेष्ठ

नुवाकोट : मदनबहादुर अमात्य

सिन्धुपाल्चोक : बहादुरसिंह लामा

काभ्रे : रमा कोइराला

चितवन : श्यामकुमार घिमिरे

मकवानपुर : उमेश श्रेष्ठ

भक्तपुर : अम्बिका बस्नेत

ललितपुर : नानु बास्तोला

काठमाडौं : जीतजंग बस्नेत

गोरखा : ध्रुव वाग्ले

लम्जुङ : शंकर भण्डारी

तनहुँ : सुरेन्द्रराज पाण्डे

कास्की : प्रदीप पौडेल

मनाङ : गुरु बराल

मुस्ताङ : कृष्णचन्द्र नेपाली पोखरेल

पर्वत : चम्पादेवी खड्का

स्याङजा : चिनकाजी श्रेष्ठ

म्यादी : दिनेश कोइराला

बाग्लुङ : अब्दुल सतार

नवपुर : सरस्वती अर्याल

नवलपरासी : मानबहादुर नेपाली

रुपन्देही : योगेन्द्र चौधरी

कपिलवस्तु : चन्द्रबहादुर केसी

पाल्पा :अब्दुल रञ्जाक

अर्घाखाँची : गोविन्दराज पोखरेल

गुल्मी : देवेन्द्रराज कँडेल

रुकुम पुर्व : धना खतिवडा

रोल्पा : मैकुलाल बाल्मीकी

प्युठान : जावेदा खातुन जागा

दाङ : गोपाल दहित

बाँके : दिपक गिरी

बर्दिया : गेहेन्द्र गिरी

रुकुम पश्चिम : कृष्णकिशोर घिमिरे

सल्यान : सीता देवकोटा

जुम्ला : रंगमति शाही

मुगु : कान्तिका सेजुवाल

कालिकोट : जानकी सिंह

जाजरकोट : सिताकुमारी राना

दैलेख : राजीवविक्रम शाह

सुर्खेत : सञ्जयकुमार गौतम

बाजुरा : अर्जुनजंगबहादुर सिंह

बझाङ : गोविन्दबहादुर शाह

डोटी : नृपबहादुर वड

अछाम : रणबहादुर रावल

दार्चुला : यज्ञराज जोशी

बैतडी : रमेश लेखक

डडेलधुरा : ईश्वरी न्यौपाने

कैलाली : एनपी साउद

कञ्चनपुर : रामजनम चौधरी

 

Your Views
Related News