काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।

भेटमा समसामयिक राजनीतिका साथै आगामी निर्वाचनबारे छलफल भएको स्रोतले जनायो ।

 

Your Views
Related News