काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानमा अनधिकृतरुपमा बनाएको संरचना भत्काएको छ। मंगलबार महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लगायतको टोलीले काठमाडौंको सुन्धरास्थित काठमाडौं मल, आरबी कम्प्लेक्सलगायतका स्थानमा अनधिकृतरुपमा बनाएको संरचना भत्काएको हो।

त्यस्तै महानगरले बिशेष प्रायोजनका लागि अन्डरग्राउण्डको स्वीकृति लिएर पसल वा अन्य प्रयोजनमा प्रयोग गरेका स्थानलाई पनि खाली गराएको छ। सो क्रममा व्यापारीले विरोध गरेका थिए। उनीहरुले चाडपर्वपछि मात्रै पसल हटाउन आग्रह गरेका थिए। तर मेयर साहले कुन सबैलाई बराबर भएकाले सबै स्थानमा बनाइएका अनधिकृत संरचनालाई हटाउने स्पष्ट पारेका थिए।

त्यस्तै महानगरको टोलीले बुधबार नै दरवारमार्गमा रहेका अनधिकृत संरचना हटाएको छ। यसअघि महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काउन थालेको हो।

 

Your Views
Related News