बैंकक (एएनआई) : थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानलाई संवैधानिक अदालतले निलम्बन गरेको छ। विपक्षी दलले उनका विरुद्धमा सोमबार दिएको मुद्दाका आधारमा अदालतले निलम्बनको फैसला गरेको हो। चानको कार्यकालका बारेमा विपक्षीले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालबारे विवाद छ।

विपक्षीले दिएको मुद्दा हेर्न बसेको नौ जनाको इजलासमा पाँच जनाले प्रधानमन्त्रीलाई निलम्बन गर्नुपर्ने राय राखेका थिए। उनी थाइल्यान्डमा सन् २०१४ मा सैन्य कु भएदेखि प्रधानमन्त्री छन्। उनले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागिता बढाएका थिए। त्यसपछि कानुन पनि त्यहीअनुसार बनाउँदै उनले निरंकुशता लादेको आरोप विपक्षीले लगाएका छन्।

विपक्षीले उनको कार्यकाल सन् २०१४ अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका छन्। प्रधानमन्त्री चान र सत्तारुढ दलले भने सन् २०१९ मा भएको आमनिर्वाचनपछि कार्यकाल गणना हुने तर्क गरेका छन्। त्योभन्दा अगाडि चान अन्तरिम प्रधानमन्त्रीका रुपमा रहेको उनीहरूको भनाइ छ।

 

Your Views
Related News