नेकपा एमाले चुनाव केन्द्रित भएको छ। चुनावी रणनीति बनाउन एमालेको पोलिटब्युरो बैठक बिहीबार ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्दै राजनीतिक प्रतिवेदनमा उल्लेख भएका राष्ट्रिय राजनीति तथा अन्तर्राष्ट्रिय परिस्थिति र आगामी आमनिर्वाचनका विषयमा प्रकाश पारे। साथै, उनले आज (शुक्रबार) बस्ने केन्द्रीय कमिटीको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

annapurna post

 

बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने विषयहरू तय गरेको छ। केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत हुने ११ को वटा एजेन्डा पारित गरेको छ। एमालेको केन्द्रीय कमिटीको बैठक १० र ११ गते हुन गइरहेको छ। चुनावको तयारी, थपिएका चार जना केन्द्रीय सदस्यको शपथ र कार्यविभाजन, सचिवालयले गरेका निर्णयहरूको अनुमोदन, उम्मेदवार छनोट प्रक्रिया र मापदण्ड, स्थानीय चुनाव भएको अन्तर्घातबारे छानबिन गर्न बनेको कार्यदलको प्रतिवेदन पेस गर्ने पनि एजेन्डा रहेको प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए।

अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन पेस गर्ने पहिलो एजेन्डा छ। मनोनित गरेका केन्द्रीय सदस्यहरूलाई शपथ गराएर बैठकमा सहभागी गराउने दोस्रो, पार्टी सचिवालयले गरेका निर्णयहरू पेस गर्ने तेस्रो एजेन्डा रहेको छ भने उम्मेदवार छनोटको मापदण्ड र प्रक्रिया चौथो एजेन्डा बनेको प्रचार विभाग प्रमुख गुरुङले बताए।

त्यस्तै, पाँचौ एजेन्डामा स्थानीय निर्वाचनका सम्बन्धमा छानबिन गर्न उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको छानबिन समितिको प्रतिवेदन पेस गर्ने र छैठौं एजेन्डामा दोहोरिएका पार्टी संगठित सदस्यलाई व्यवस्थापन गर्ने रहेको छ। केन्द्रीय सल्लाहकार परिषद् र तीन आयोगको रिपोर्ट अनुमोदन गर्ने सातौं एजेन्डा र भारत प्रवासको नियमावली पास गर्ने आठौं एजेन्डा बनाएको एमालेले पार्टी विभाग परिचालनका सम्बन्धमा केही नियमहरू पारित गर्ने एजेन्डा तय गरेको छ। त्यसैगरी, मनोनित केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन पनि एमाले केन्द्रीय कमिटी बैठकले गर्नेछ।

११ औं एजेन्डाका रूपमा समसामयिक राजनीतिक प्रतिवेदन पारित गर्ने रहेको गुरुङले बताए। उनका अनुसार बैठकमा निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्डबारे छलफल भएको छ।

उम्मेदवार सिफारिस गर्न पाँचवटा मापदण्ड बनाएको हो। पहिलो, पार्टी नीतिप्रति प्रतिबद्ध रहेको हुनुपर्ने छ। दोस्रो, लोकप्रिय, जनतामा प्रभाव पार्न सक्ने हुनुपर्छ। तेस्रो, आन्दोलनमा योगदान गरेको, निष्ठावान, पार्टीलाई सहयोग गरेको हुनुपर्छ। चौथो, सन्तुलित, समानुपातिक र सबै क्षेत्र, वर्गबाट सहभागी हुनुपर्छ र पाँचौ, निर्वाचन कानुनअनुसार योग्य व्यक्ति हुनुपर्छ।

 

Your Views
Related News