नेकपा एमालेले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको छ।

एमाले केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पारित गर्दै उम्मेदवार सिफारिस प्रक्रिया र छनोट मापदण्ड तोकेको हो। पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जिल्लाको सम्बन्धित प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति बैठकले प्रतिनिधि सभा उम्मेदवार सिफारिस गर्ने निर्णय भएको बताए।

उनले भने, ‘एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा जिल्ला कमीटीले सिफारिस गर्ने निर्णय भएको छ। सिफारिसको अन्तिम निर्णय केन्द्रले गर्छ।’

यस्तै, बैठकले उम्मेदवारको छनोट मापदण्ड तोकेको छ। पार्टीको नीति र कार्यक्रमप्रति प्रतिवद्ध हुनुपर्ने, लोकप्रियता र विजयीको सुनिश्चिचता, सन्तुलन र समावेशीता, निर्वाचन कानुनबमोजिम पूरा भएको मापदण्ड बनाइएको छ।

 

Your Views
Related News