
नुवाकोट : नुवाकोट क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधी सभा नुवाकोट क्षेत्र नम्बर २ को प्रत्यक्ष उम्मेदवारको लागी नेपाली काङ्ग्रेसको केन्द्रिय सदस्य बहादुर सिंह लामाको नाम सिफारीस भएको छ।
लामा २०६४ सालमा साबिक क्षेत्र नम्बर ३ बाट माओवादिका नेता पोष्ट बहादुर बोगटी सङग प्रत्यक्ष निर्वाचन लड्नु भएको थियो ।त्यस पछि २०७० सालमा पहिलो संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो ।
र २०७४ सालमा नुवाकोट संघीयता पछि २ वटा क्षेत्रमा मात्रै परिणत भयो।
सो पश्चात् क्षेत्र नम्बर २ मा काङ्ग्रेस नेता अर्जुन नर्सिङ केसीले म यो पटक एकचोटी प्रत्यक्ष निर्वाचन लड्छु भने पछि लामाले केसीलाइ सम्मान गर्दै आफू समानुपातिकमा बस्नु भएको थियो।
त्यहीँ कुरालाइ आत्मा साथ गर्दै आज बसेको क्षेत्रीय समितीको वैठकबाट नुवाकोट क्षेत्र नम्बर २ मा प्रत्यक्ष उम्मेदवारको लागी बहादुर सिंह लामालाइ र समानुपातिक उम्मेदवारको लागी अर्जुन नर्सिङ केसीलाइ सिफारीस गर्नु भएको छ।
प्रत्यक्ष तर्फ
- बहादुर सिंह लामा
- राज्यलक्ष्मी पाण्डे श्रेष्ठ
- लाली माया तामाङ
समानुपातिक तर्फ
- अर्जुन नर्सिङ केसी
- धुर्व अधिकारी
- रुकमणी सेढाई