नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचन प्रणालीले भ्रष्टाचार संस्थागत भएको बताएका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री हुनका लागि सांसद हुनुपर्ने सिस्टमले भ्रष्टाचार मौलाएको बताएका हुन् । उनले वर्तमान निर्वाचन प्रणाली बदल्नुपर्ने औंल्याए।

प्रचण्डले भने, ‘प्रधानमन्त्री हुनका लागी सांसद हुनुपर्ने सिस्टमले पनि भ्रष्टाचार मौलाएको छ । जनताद्वारा निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ । अनि भ्रष्टाचार रोकिन्छ । निर्वाचन प्रणली बदल्नुपर्छ । यो पद्यतीले नेताहरुलाई भ्रष्टीकरण दलाललाई पक्षपोषण गर्छ । ’

राजनीतिक स्थायीत्वका लागि बाम गठबन्धन र कम्युनिष्ट एकीकरण आवश्यक रहेको उनको भनाइ छ।  प्रचण्डले कम्युनिस्टको एकीकरण आवश्यक रहेको भएपनि आफू अझै सफल हुन नसकेको बताएका हुन्।

चुनावपछि यो निर्वाचन प्रणाली बदल्न आफू सडकमा जाने बताए । प्रचण्डले भने, ‘सबैभन्दा छटपटी र चिन्तित म छु । परिवर्तनकारीले निस्तेज गर्ने काम भइरहेको छ । नेपालमा अहिले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता त्यत्तिकै आएको होइन । निश्चित योजना, भिजन र संघर्षबाट मात्रै आएको हो । ’

प्रचण्डले भने, ‘संविधानमाथि प्रहार भइरहेको छ । कम्युनिस्टहरुलाई एक ठाउँमा राख्ने योजना छ । समाजवादको ठोस भिजनसहित नयाँ आन्दोलन सृजना गर्ने मेरो दिमागमा थियो ।’

 

Your Views
Related News