काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई आज आइतबार पनि जारी राखेको छ। महानगरले आज कोटेश्वर क्षेत्रका अवैध संरचना हटाएको हो।

महानगरका नगर प्रहरी बल प्रमुख राजु पाण्डेका अनुसार कोटेश्वर पूर्वी क्षेत्रको गाडीका काउन्टरहरू रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरू हटाइएको छ। महानगरले अवैध संरचना हटाउन पटक पटक आग्रह गरे पनि बेवास्ता गरेको भन्दै टोली कोटेश्वर पुगेको हो।

मेयर बालेन्द्र शाहले एक सय दिने प्रगति विवरण सार्वजनिक गर्दै अनधिकृत संरचना हटाउने कार्य आफ्नो सफलता भएको बताएका छन्।

महानगरले यसअघि बानेश्वर, न्यूरोड, त्रिपुरेश्वर लगायतका क्षेत्रका अनधिकृत संरचना हटाएको थियो।

 

Your Views
Related News