नुवकोट : मङसिर ४ गते हुने प्रतिनिधि सभा प्रदेश सभा निर्वाचन को लागि नेपाली कांग्रेस नुवाकोटले प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम बागमती प्रदेश समितिमा सिफारिस गरेको छ ।

बिदुरमा बसेको जिल्ला कार्यसमितिको बैठकले क्षेत्रीय समिति बाट सिफारिस भै आयको उम्मेदवारको नाम बागमती प्रदेशमा पठाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कुमार गुरुङ समानुपातिक जनजाति मा पहिलो नम्मरमा सिफारिस भएका हुन्।

२०५२ सालमा नुवाकोटको साबिक लच्याङ गाविसबाट नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको क्षेत्रीय प्रतिनिधि अनि २०५४ मा इकाई सभापति थिए नुवाकोट-काठमाडौं सम्पर्क समितिको उप-सभापति पनि हुन्। उनको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो । उनका पिता लक्ष्मण गुरुङ २०५४ मा साबिक लच्याङ गाविसका नेपाली कांग्रेसबाट जननिर्वाचित वडा अध्यक्ष थिए । त्यसैलेपनि राजनीति लाई उहाले नजिकै बाट बुझ्न पाएका थिए।दरबारमार्ग व्यवसाय सङ्को सम्योग रहेका उहाँ एक सफल व्यवसायि पनि हुन्। उहाँले राजधानी को मुटु दरबारमार्गमा व्यवसाय गर्दै आएका छन। आफ्नो व्यवसायमा सफल र स्थापित छन् । लायन्स क्लब, रोटरी क्लबजस्ता सामाजिक संस्थामार्फत उदीयमान समाजसेवीको छवि बनाउन सफल छन्।

सफल व्यवसायिका साथ साथै एक कुशल राजनितिग्यको   रुपमा परिचित उहाँ भन्नुहुन्छ “अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन।”

 

Your Views
Related News