नेपाली क्रिकेट टिमका कप्तान सन्दिप लामिछानेविरुद्ध  प्रहरीमा जबरजस्ती करणीको आरोपमा उजुरी परेको छ।

लामिछानेले १७ वर्षीया नाबालिकालाई जबरजस्ती गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको प्रहरीले जनाएको छ।

लामिछानेले ती किशोरीलाई काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा लगि भदौ ६ गते राति जबरजस्ती गरेको उजुरीमा उल्लेख छ।

काठमाडौं- ९ स्थित एक होटलको ३०५ नम्बर कोठामा  लामिछानेले आफूमाथि जबरजस्ती गरेको ती किशोरीको दावी छ।

जाहेरी दर्तासँगै पीडित किशोरीको एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगि स्वास्थ्य परीक्षण गराइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

 

Your Views
Related News