सप्तरी : नेकपा एकीकृत समाजवादीका राजविराज नगर कमिटी अध्यक्ष मनोज देवले आफूलाई नेकपा एमालेका नेताले जबर्जस्ती पार्टीमा प्रवेश गराएको बताएका छन् ।

पुराना साथीले बोलाएपछि आफू एमाले जिल्ला कमिटिको कार्यालय गएको र त्यहाँबाट फर्कने क्रममा एमालेका पोलिटव्यूरो सदस्य सुमनराज प्याकुरेलले जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गराएको भनेर सामाजिक सञ्जालमा भ्रम छरेको देवले शुक्रबार विज्ञप्ति निकालेर जनाएका छन् ।

उनको विज्ञप्तिमा भनिएको छ, ‘पुराना साथीसँग भेटघाट गरी फर्किने बेलामा प्याकुरेलले आफूलाई भ्रमजालमा पारी जबर्जस्ती टीका लगाई पार्टी प्रवेश गरेको भनेर सोसल मिडियामा भ्रम छरे ।’

आफू एमालेमा प्रवेश नगरेको र अहिले पनि एकीकृत समाजवादी पार्टीमै रहेको उनले बताएका छन् ।

 

Your Views
Related News