प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्। देउवाले शनिबार बिहान काठमाडौंस्थित बेलायती दूतावासमा गएर बेलायती महारानी एलिजावेथ द्धितीयको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका हुन्। दूतावासमा राखिएको शोक पुस्तिकामा देउवाले शोक सन्देश पनि लेखेका छन्।

महारानी एलिजावेथ द्वितीयको निधनमा नेपाल सरकारले शोक व्यक्त गर्दै उनको सम्मानमा तीन दिन शोक मनाउने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ २५ देखि २७ गतेसम्म शोक मनाउने निर्णय गरेको हो। त्यस दिन नेपालमा रहेका सरकारी कार्यालयहरू एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ।

 

Your Views
Related News