काठमाडौं : महाभियोग सिफारिस समितले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ। सिंहदरवारमा समितिले मंगलबार थप ८ प्रश्न सोधेका थिए। यससँगै जबरासँग ४३ वटा प्रश्न सोधिएको छ।

समितिका एक सदस्यका अअनुसार जबरा खुलाएका व्यक्तिहरुलाई पनि समितिले बोलाउने तयारी गरेको छ। उनीहरुसँग सोधपुछ गरेपछि मात्रै सिफारिस समितिले छलफल टुंग्याउने बताइएको छ।

समितिका सदस्य कृष्णभक्त पोखरेलका अनुसार बैठक भोलि (बुधबार) ९ बजे पुनः बैठक बस्नेछ। उक्त बैठकमा जबरासँग प्रतिप्रश्न सोधिने उनले बताए। ‘भोलिको बैठकले प्रतिप्रश्न गर्ने, प्रतिवेदन ड्राफ्ट गर्नेेलगायतका काम हुनेछ,’ उनले भने।

महाभियोग सिफारिस समितिले प्रवक्तासमेत चयन गरेको छ। समितिले सहसचिव लक्ष्मीप्रसाद निरौलालाई प्रवक्ता तोकेको हो।

सत्तारुढ दलका सांसदहरुले फागुन १ जबराविरुद्ध महाअभियोग संसदमा दर्ता गरेका थिए। उनीमाथि संविधान र कानुनको गम्भीर उल्लंघन गरेर पदको दुरुपयोग गरेको आरोप लगाइएको छ।

 

Your Views
Related News