काठमाडौंः नेपाली कांग्रेसले समानुपातिक तर्फको बन्दसूची बुझाएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले सोमबार अपरान्ह निर्वाचन आयोगलाई समानुपातिक तर्फको बन्दसूची बुझाएको हो ।

महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’ जीवन परियारलगायत नेताहरू बन्दसूची बुझाउन आयोग पुगेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेस महामन्त्री शर्माले पत्रकाहरुसँग संक्षिप्त कुरा गर्दै चुनावलाई रेस्लिङको मैदान बनाउन नहुने बताए ।

यस्तै  महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि समानुपातिकतर्फको बन्दसूची आयोगसमक्ष बुझाएको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्दसूची बुझाउन असोज २ र ३ गते समय दिएको थियो।

 

Your Views
Related News