![](https://jalpakhabar.com/wp-content/uploads/2022/10/5DFDBC06-85B2-4AD7-AAE1-10732B20E993.jpeg)
हेटौंडा : मकवानपुर र बाराको सीमामा पर्ने तीन नम्बर पुलमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ। मकवानपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बामदेव गौतमका अनुसार १० जनाको घटनास्थल र दुई जनाको हेटौंडा अस्पतालमा मृत्यु भएको हो।
उनीहरुको सनाखत नभएको प्रहरीले जनाएको छ। नारायणघाटदेखि वीरगन्जतर्फ जाँदै गरेको बागमती प्रदेश ००६-००ख ०२१० नम्बर यात्रुबाहक बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्।
उनीहरुको हेटौंडास्थित जिल्ला अस्पताल, सन्चो अस्पताल र चुरे हिल्स हस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।