जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ बार्कोटेवाडा (मकैरिवाडा)मा आज बिहान करिब ५:३० बजे पहिरोले घर पुरिँदा एकै घरका पाँचसहित ७ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कनकासुन्दरी-५ कै ६५ वर्षे गणेशबहादुर शाही, उनका २४ वर्षीय छोरा रमेशबहादुर शाह, बुहारी २३ वर्षीया पानसरा शाही, नाती ६ वर्षीय मिलन शाही, नाती ३ वर्षीय अनमल शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै सुरेन्द्र  शाही र विद्या कमारी शाहीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिँदा तीन जना घाइते भएका छन्।

घाइते हुनेमा कनकासुन्दरी-५ कै रामबहादुर हमाल, सरस्वती हमाल र रामदेबी शाही छन्।

 

Your Views
Related News