किएभमा सोमवार बिहानै भएका धेरैवटा विस्फोटनमा कैयौँ मानिसहरूको मृत्यु हुनुका साथै घाइते भएको युक्रेनी आपत्कालिन सेवाहरूले जनाएका छन्। 

युक्रेनको आन्तरिक मामिला मन्त्रीका एकजना सहयोगीले बताए अनुसार क्षेप्यास्त्र हमलाका कारण आठ जना मानिसहरूको मृत्यु हुनुका साथै २४ जना घाइते भएका छन्।

युक्रेनको राजधानी सहरको केन्द्रमा स्थानीय समय अनुसार बिहानको ८ बजे लगत्तै कम्तीमा दुई वटा विस्फोटनको आवाज सुनिएको थियो।

कैयौँ महिनाको अन्तरालमा किएभमा त्यस्तो हमला भएको हो।

 

Your Views
Related News