काठमाडौँ :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह  लामाले प्रदेशसभा उम्मेदवारी दिएका छन ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उम्मेदवारीको बारेमा जानकारी दिँदै लामाले प्रदेशसभाको औचित्यमाथि उठेको प्रश्नलाई पुष्टि गर्न उम्मेदवार बनेको उल्लेख गरेका छन ।

लामाले भनेका छन, ‘बदलिँदो राजनीतिक घटनाक्रम सगैँ संघीयता र प्रदेश सभाको औचित्यमाथी उठेको प्रश्नलाई पुष्ठि गर्न यो पटक प्रदेश सभामा रहेर काम गर्न पार्टी भित्रका साथीहरूले दिनुभएको सल्लाह र सुझाव लाई आत्मसात गर्दै, नुवाकोट क्षेत्र नं।२ प्रदेशसभा ख बाट मनोनयन दर्ता गरेको छु।’

लामाको पूरा टिप्पणी तल हेर्न सक्नुहुन्छ ।

स्थानीय तह, संविधानसभा, प्रतिनिधिसभा, संसदका विभिन्न उपसमितिहरूमा रहेर काम गर्ने अवसर र जिम्मेवारीलाई तपाईंहरुको पक्षमा काम गर्न निरन्तर कोशिस गरिरहेँ। तपाईं हरुको सुखमा,दुःखमा अनवरत सगैँ रहने जमर्को सदैब रहिरह्यो।हिजो देखि नुवाकोटको समग्र बिकास र आम नागरिकको जिवनस्तर लाई परिवर्तन गर्ने सपना र संकल्प प्रती म सधैं दृढ र प्रतिबद्ध नै छु । नुवाकोट क्षेत्र नं.२ बाट निर्वाचनमा सहभागी हुने ईच्छा र आकांक्षा रहेपनी पार्टी हरु बिचको आपसी तालमेल, बदलिँदो राजनीतिक घटनाक्रम सगैँ संघीयता र प्रदेश सभाको औचित्यमाथी उठेको प्रश्नलाई पुष्ठि गर्न यो पटक प्रदेश सभामा रहेर काम गर्न पार्टी भित्रका साथीहरूले दिनुभएको सल्लाह र सुझाव लाई आत्मसात गर्दै, नुवाकोट क्षेत्र नं.२ प्रदेशसभा ‘ख’ बाट मनोनयन दर्ता गरेको छु।निर्वाचन जहाँ बाट उठेपनी सिङ्गो नुवाकोटका जनता प्रती कर्तब्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता सहित,तपाईं हरुको पुर्ण साथ र सहयोगको अपेक्षा गर्दछु।
जय नेपाल।।
बहादुर सिंह लामा(तामाङ)
तपाईंको सुख,दुःखको साथी

 

Your Views
Related News