![](https://jalpakhabar.com/wp-content/uploads/2022/10/865D4DA9-A0D9-4534-85AF-83A1C6CB1E09.jpeg)
काठमाडौं । नेकपा एमाले त्यागेर रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।
निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ ।
त्यस क्रममा भूसाललाई त्रिभुज चिह्न दिएको हो । भूसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।
Your Views
Related News