युक्रेन युद्धमा रुसी फौजको नेतृत्व गर्नका लागि गरिएको नियुक्तिको अस्वाभाविक सार्वजनिक घोषणाले एउटा स्पष्ट सन्देश दिएको छ: मस्कोले जुन कुनै सर्तमा जित्नका लागि आफ्नो प्रयास दोबर पार्दैछ। 

रुसको रक्षा मन्त्रालयका अनुसार सेनाका जेनरल सर्गेई सुरोभिकिन विशेष सैन्य कारबाही भइरहेका क्षेत्रमा परिचालित फौजको संयुक्त समूहको कमाण्डर नियुक्त भएका छन्।

युक्रेन युद्धलाई क्रेम्लिनले विशेष सैन्य कारबाही भन्ने गर्छ।

उक्त निर्णय हप्तौँको सफल युक्रेनी प्रत्याक्रमणहरूपछि आएको हो।

 

Your Views
Related News