काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारहरूलाई पाँच वर्षका लागि निस्कासन गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षका लागि निस्कासन गरेको छ।

निर्वाचनमा सत्तारुढ गठबन्धन दलहरुबीच भएको सहमति विपरीत बागी उम्मेदवारी दिएकाहरूको हकमा कांग्रेसले यस्तो निर्णय गरेको हो। कांग्रेसको विधान बमोजिम सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरिएको छ।

कांग्रेसको विधान २०१७ (संशोधनसहित)को धारा ३४ (१) (घ) उल्लघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी ५ वर्षका लागि निस्कासन गरेको हो।

 

Your Views
Related News