![](https://jalpakhabar.com/wp-content/uploads/2022/10/DCF457B1-1483-4A62-9F5D-9E17CE2B65B8.jpeg)
काठमाडौं । रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल (सैनिक शासन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु ।’
टेलिभिजनमार्फत प्रसारण भएको पुटिनको सम्बोधनपछि सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।
रूसी कानुनअनुसार सैनिक शासन लागू भएपछि सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिक नजरबन्द लगायतका अनुमति मिल्छ ।