दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५० जनाभन्दा धेरैको मृत्यु भएको छ।
घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ।
शनिवार साँझ भएको घटनामा मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।
हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थियो।

घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ।
महिलालाई गाईका रूपमा देखाइएको विज्ञापनका लागि माफी
कुकुरको मासुमा प्रतिबन्ध लगाउने पक्षमा दक्षिण कोरियाली राष्ट्रपति
साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानिसहरूलाई भीडले किचेको विवरणहरू आएका छन्।
‘नेपाली परेका छैनन्’
सोलस्थित नेपाली दूतावासले घटनामा कोही नेपालीहरू परेकोबारे हालसम्म कुनै पनि विवरण नआएको जनाएको छ।
“घटनामा हालसम्म एकै जना पनि नेपाली नागरिक परेको विवरण आएको छैन,” दक्षिण कोरियाका लागि नेपाली राजदूत ज्योति भण्डारी प्याकुरेलले भनिन्।
कोरियाली आपतकालिन सेवाले भीडमा किचिएर मारिनेमा १९ जना विदेशी नागरिक रहेको जनाएको छ।
नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले घटनामा गहिरो दुख: व्यक्त गर्दै दक्षिण कोरियाली सरकार र जनता तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।

देउवाले ट्विट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।
सोलको महानगर सरकारले घटनापछि अझै ३५५ जना हराइरहेको उजुरी प्राप्त भएको जनाएको छ।

 

Your Views
Related News