काठमाडौं : पूर्वप्रधानमन्त्री एवम् नेसपाका अध्यक्ष बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने बताएका छन् । गोरखामा चुनावी अभियानमा रहेका प्रचण्डलाई भोट माग्दै निर्वाचनपछि बन्ने केन्द्र सरकारको नेतृत्व  प्रचण्ड र गण्डकी प्रदेशको नेतृत्व सुरेन्द्रराजले गर्ने दाबी गरेका हुन् ।

गठबन्धनको तर्फबाट निर्वाचन हुन लागेको स्पष्ट पार्दै उनले उनले भने, ‘नेपालमा अहिलेको सन्दर्भमा सबैभन्दा गतिशील र चर्चित व्यक्ति कमरेड प्रचण्ड नै हो । उहाँजस्तो पात्र यहाँ आउँदा उयुक्त पात्र कोही हुनै सक्दैन।’

उनले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि गोरखाले विकासको सपना कसरी पूरा नहोलान् भन्दै प्रश्न गरेका छन्।  ‘सुरेन्द्रराज पाण्डे नेपाली कांग्रेसका उदयमान नेता हुनुहुन्छ, उहाँ प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ। र संघमा प्रचण्ड।’ भट्टराईले थपे, ‘मैले यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलीको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् ?’

भट्टराईले जनताको जनमतबाट आफू अर्थमन्त्री र प्रधानमन्त्री हुन पाएकोसमेत बताए। उनले गोरखामा गर्न बाँकी विकास उहाँहरु समेतले पूरा गर्ने स्पष्ट पारे।

 

Your Views
Related News