भारतको गुजरातमा मर्मतपछि चार दिनअघि मात्रै सर्वसाधारणकाका लागि खुला गरिएको डेढ शताब्दी पुरानो झोलुङ्गे पुल आइतवार चुँडिदा १४१ जनाको ज्यान गयो।

आधुनिक प्रविधि प्रयोग गरेर बनाइएको यो पुल कसरी दुर्घटनामा पर्‍यो भन्नेबारे धेरैले चासो राखिरहेका छन्।

यो पुल करिब १५० वर्षअघि मोरबीका राजा सर बाघजी ठाकोरले बनाएका थिए।

मुम्बईका तत्कालीन गभर्नर रिचर्ड टेम्पलले २० फेब्रुअरी १८७९ मा पुलको उद्घाटन गरेका हुन्।

 

Your Views
Related News