आइतवार महाकाली २ का अम्भा दत्त बडु महाकाली नदीमा लुगा धुँदै थिए। अचानक अलि परबाट मानिसहरूको कोलाहल सुरु भएपछि उनको ध्यान नेपाल-भारत जोड्ने पुलतर्फ सोझिएको थियो। केही बेरमै त्यहाँ मानिसहरूको भिड जम्मा भयो। त्यसबेला बर्दीमा तैनाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या पनि उल्लेख्य देखिएको उनले  सुनाए।

पुल तर्ने वा अन्य कुनै विषयमा गाउँलेहरूबीच झडप भएको हो कि भन्ने आशङ्काले आफू लुगा धुँदाधुँदै जुरुक्क उठेको उनी सम्झन्छन्।

गाउँका साथीहरू पो लडे कि भनेर हेर्न लाथेँ। तर उठ्नासाथ भारततिरबाट कसैले प्रहार गरेको ढुङ्गा मेरो देब्रे कानमा लाग्यो। त्यसपछि म त्यहीँ थचक्क बसेँ। दुखेको थियो तर भिड कम नभएसम्म उठिनँ,” बडुले बताए।

 

Your Views
Related News